logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्रीको प्रतिक्रिया- ‘कांग्रेसले विश्वासको मत दिनुलाई दुईतिर खुट्टा हालेको भनेर चित्रण गर्न मिल्दैन’

    प्रधानमन्त्रीको प्रतिक्रिया- ‘कांग्रेसले विश्वासको मत दिनुलाई दुईतिर खुट्टा हालेको भनेर चित्रण गर्न मिल्दैन’

    2.1K
    Shares
    प्रधानमन्त्रीको प्रतिक्रिया- ‘कांग्रेसले विश्वासको मत दिनुलाई दुईतिर खुट्टा हालेको भनेर चित्रण गर्न मिल्दैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । मंगलवार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले हर्ष र गर्वको अनुभुति भएको बताएका छन् ।

    उनले ठूलो जिम्मेवारी र चुनौति थपिएको महशुस गरेको पनि बताएका छन् । आफूलाई प्रमुख प्रतिपक्षि दल लगायतले पनि विश्वासको मत दिनाले सरकारले गरेका प्रतिवद्धताहरु पूरा गर्न ऊर्जा प्राप्त भएको उनको भनाई थियो ।

    सञ्चारकर्मीहरुको प्रतिप्रश्नको जवाफ दिँदै उनले आफूलाई प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको विश्वासको मत प्राप्त हुनुले दुईतिर खुट्टा हालेको रुपमा चित्रण गर्नु नहुने बताए ।

    उनले भने– ‘हिजो तपाईहरुले मलाई यहीँ ठाउँमा सोध्नुभएको थियो भोलि के हुन्छ विश्वासको मत ? भन्नुहुन्थ्यो । मलाई सिङ्गै हाउसको समर्थन हुन्छ भनेको थिएँ मैले । त्यो त मैले अनुमानको आधारमा भनेको थिएँ । आज त्यो यथार्थमा परिणत भएको छ । मलाई निकै हर्ष र गर्वको अनुभुति भएको छ । साथसाथै निकै ठूलो जिम्मेवारी र चुनौति थपिएको पनि मैले महशुस गरेको छु । यो अपार विश्वास जो सदनबाट मलाई प्राप्त भएको छ । तपाईहरुले भनेजस्तो त्यस्तो कुनै दुईवटा खुट्टा, तीनवटा खुट्टा होइन यो । यो एउटा जिम्मेवारीको कुरा हो । यो एउटा चुनौतिको कुरा पनि हो । मैले जे प्रतिवद्धता व्यक्त गरेको छु, ति प्रतिवद्धता पूरा गर्ने एउटा ठूलो ऊर्जा पनि यसले दिएको छ । मलाई लाग्छ आउने दिनमा हामीले प्रस्तुत गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडि बढ्ने छन् ।’ उनले सरकारले गरेका प्रतिवद्धता अनुसार कामहरु अगाडी बढाउने स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend