logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

    आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

    1.2K
    Shares
    आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्विकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् ।

    पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बूदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बूँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढने विश्वास समेत व्यक्त गरे ।

    अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए । उनले भने, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुस भए त हुन्थ्यो । तर यो महसुस नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभईदिनु होला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नु होला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला । राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुहोला । राम्रो संस्कार अवलम्बन गर्नु भयो भने तपाईलाई असल मानिस भनिएला । भ्रष्टाचारबाट जोगिनुभयो भने तपाई एउटा राम्रो प्रधानमन्त्रीको कोटीमा पर्नु होला । र, देशको विकासले गति लिन सक्यो भने गति लिने काममा भूमिका खेल्नु भयो भने तपाईले इतिहासमा नाम कमाउनु होला । यसअर्थमा हिजो हामीले धेरै आशा, अपेक्षा गरेर उहाँका अगाडि १५ बूँदाहरु अगाडि सारेर, व्याख्या गरेर ती १५ बूँदे सुझावहरुसहित, शर्तहरु सहित हामीले यो सरकारलाई समर्थन गरेका हौं । विश्वासको मत दिएका हौं । त्यसमा राष्ट्रियताको विषयबस्तुदेखि लिएर जनजीविकाका विषयबस्तुसम्म, युवाको बेरोजगारीदेखि लिएर शिक्षा प्रणाली सुधार गर्नुपर्ने कुरासम्म, श्वास्थ्य अवस्थाको विकराल रुप सुधार गर्नेदेखि लिएर अनि हाम्रो विकास, निर्माणको पाटोसम्म नेपाली समाजमा रहेका विभिन्न वर्ग समूदायको बेहाल अवस्थादेखि लिएर समावेशिताको नीतिसम्म, समाजवादको नेपाली नमूना कस्तो हुन सक्दछ ? त्यो खाका प्रस्तुत गर्ने कुरादेखि लिएर हामीले आफ्नो विचारहरु पनि व्यक्त गर्ने काम ग¥यौं । त्यसो हुनाले ती विचारहरु, ती सुझावहरुमा सरकारको ध्यान जानेछ भन्ने हामीले ठानेका छौं । आजसम्मका अनुभवहरुको समिक्षा गर्न सक्नु पर्दछ । र, मैले बारम्बार जोड दिएको कुरा के होभने–देश हाँक्ने मान्छेसँग देश बनाउने सपना हुनुपर्दछ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend