काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले सत्ता गठबन्धनको सहयोगमा प्रदेश सरकार विस्तारको तयारीमा जुटेका छन् । प्रदेशमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सरकारमा सहभागी भएका छन् ।
गठबन्धनमा सहमति जुटाएपछि मात्र मन्त्री र जिम्मेवारी तोक्ने तयारीमा जम्कट्टेल रहेका छन् ।