काठमाडौं । सत्ता साझेदार दलको बैठक आज दिउसो तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हु्न ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन। आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।
प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए। ओलीसँग वार्ता गर्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका थिए।