काठमाडाै । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षृको भन्दा यस वर्ष कम लाभांश प्रस्ताव गरेको छ ।
पुस २७ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५१ करोड ४० लाख ९९ हजार रहेको छ । गत वर्ष २५ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरणको प्रस्ताव गरेको हो ।