logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र गैँडा मृत भेटिए

    चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र गैँडा मृत भेटिए

    1.6K
    Shares
    चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघ र गैँडा मृत भेटिए

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी क्षेत्रको नारायणी नदीको बगरमा भाले पाटेबाघ मृत फेला परेको छ । अन्दाजी १५ वर्षको बाघ प्राकृतिक कारणले मरेको उनले जानकारी दिए ।

    यस आर्थिक वर्षमा बाघ मरेको यो पहिलो हो । यस्तै बुधबार नै निकुञ्जको सौराहा क्षेत्रअन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जमा लिङ्ग पहिचान हुन नसकेको गैँडा मृत फेला परेको छ । अन्दाजी पाँच वर्षको गैँडा मृत फेला परेको तिवारीले जानकारी दिए ।

    बाघको आक्रमणबाट गैँडा मरेको उनले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित रहेको छ । यससँगै चालु आवमा प्राकृति कारणबाट आठ गैँडा मरेका छन् । यस वर्ष चोरी सिकारीबाट गैँडा मर्न पाएका छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend