काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा बिस्तार गर्ने बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले वागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै सरकारले आगामी दिनमा सात वटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवद्र्धन गर्ने बताए । उनले हस्तकला क्षेत्र नेपालका लागि विकासको अग्र्यानिक क्षेत्र भएको उल्लेख गर्दै नेपालकै वस्तुहरुको प्रयोगबाट नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरी विश्वभर व्यापार गर्नसकिने यो क्षेत्रको प्रवद्र्धन सरकार लाग्ने बताए । उनले हस्तकला क्षेत्र राम्रोसँग प्रवद्र्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हस्तकला ग्राम स्थापनका लागि वागमती प्रदेशलाई धन्यवाद दिन्छु । यो कार्यक्रम सातै प्रदेशमा बिस्तार गर्नका लागि सबै तयारी म गर्नेछु । हस्तकलाको क्षेत्र विकासको अग्र्यानिक क्षेत्र हो । नेपालकै वस्तुहरुको प्रयोग गरेर, नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरेर विश्वभर व्यापार गर्नसकिने र दिनप्रतिदिन बढाउँदै लैजान सकिने एउटा असिमित सम्भावना भएको क्षेत्र हो हस्तकला । यो क्षेत्रलाई राम्रोसँग प्रवद्र्धन सकियो भने देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउन सक्छौँ । विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्छ । हाम्रो लागि सम्भावना धेरै भएको क्षेत्र हस्तकलाको क्षेत्र हुनसक्छ ।’