काठमाडौँ । काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकैको जंगलमा जलेको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले पशुपति मन्दिर परिसरको किरातेश्वर मन्दिर भन्दा तलपट्टि शरीर पूरै जलेको अवस्थामा एक पुरुषको शव भेटिएको हो ।
उनका अनुसार जलेका कारण शवको पहिचान हुन सकेको छैन ।
शनिबार बिहान शव भेटिएको खबर आएपछि अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर शव पोस्टमार्टमका लागि पठाइएको छ ।