logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • राष्ट्रिय भलिबलः एपिएफ तेस्रो

    राष्ट्रिय भलिबलः एपिएफ तेस्रो

    1.3K
    Shares
    राष्ट्रिय भलिबलः एपिएफ तेस्रो

    काठमाडाै‌ । साताैँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले तेस्रो स्थान हासिल गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा पुगेर रु एक लाख प्राप्त ग-यो ।

    खेलमा पहिलो सेट भने पुलिसले जित्यो । पुलिसले एपिएफमाथि २५–१५ ले आफ्नो पक्षमा पा-यो । त्यसपछिको सबै खेल एपिएफले जित्यो । एपिएफले दोस्रो सेट २५–२० ले जित्यो भने तेस्रो सेट २५–२३ ले विजयी हुनाका साथै चौथो तथा अन्तिम सेट पनि २५–१८ ले जित्यो ।

    सोही प्रतियोगिताको पुरुषतर्फको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । उक्त च्याम्पियनशिपको उपाधि विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend