logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जहाज दुर्घटनाको शोकमा सोमबार यती एयरलाइन्सका सबै उडान रद्द

    जहाज दुर्घटनाको शोकमा सोमबार यती एयरलाइन्सका सबै उडान रद्द

    1.4K
    Shares
    जहाज दुर्घटनाको शोकमा सोमबार यती एयरलाइन्सका सबै उडान रद्द

    काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा भोली सबै उडान रद्द गरिएको जनाएको छ । आज साँझ एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।

    दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजना यात्रुको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

    उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए । उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ ।

    उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइने जानकारी दिए। काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाइएको उनको भनाइ थियो । अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले बताए ।

    दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend