logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सभामुख निर्वाचन र मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल

    सभामुख निर्वाचन र मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल

    1.5K
    Shares
    सभामुख निर्वाचन र मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन् । मन्त्रिपरिषद्को पूर्णता, सभामुख चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

    २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिएयता प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक बालकोट पुगेका हुन् ।

    आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार सभामुख निर्वाचन हुँदैछ । सत्ता साझेदार दलहरूबाटै सभामुख र राष्ट्रपति बन्ने सम्भावना छ ।

    ओलीले आइतबार पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका थिए । सो भेटमा आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल भएको थियो ।

    प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किने बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend