logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

    प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

    2.1K
    Shares
    प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत प्राप्त भएको छ । हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन् ।

    उनको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए । विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको छ । उहाँको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन् । विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीहरुसँग् कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसदमा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए ।

    उनले भने, ‘आज वागमती प्रदेश सरकारले अगाडि बढाएको छ । यसमा सबै एकै ठाउँमा हुनुभएको छ । नेपाल मजदुर किसान पार्टी बाहेक अरु प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरु एकै ठाउँमा उभिएका छौँ । यो विश्वासको मतले हामीलाई एउटा नयाँ सन्देश दिएको छ । हामी मुल रुपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति एक ठाउँमा छौँ भन्ने सन्देश विश्वासको मतले दिएको छ । आगामी दिनमा मेरो नेतृत्वको सरकारले जनताको विश्वासलाई आगामी दिनमा सरकारका कामकारबाही पूर्ण रुपमा निर्वाह गर्नेछौँ ।’

    मुख्यमन्त्री जमकट्टेलले वागमती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रुपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend