जनकपुरधाम । मधेस प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार एमालेका सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । प्रदेशसभाको आजको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित संख्या एक सय तीनमध्ये ७४ मत प्राप्त गरे । उनको विपक्षमा २९ मत परेको छ । उनी नेकपा एमाले का तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मण्डललाई नेकपा एमाले, जनता समाजवादी पार्टी ९जसपा०, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलले समर्थन गरेका थिए ।
सभामुखका लागि नेपाली कांग्रेसका जङ्गीलाल राय यादव पनि प्रतिस्पर्धामा थिए । उनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेको थियो । बैठक अहिले ६ बजेसम्मका लागि स्थगित गरिएको छ । त्यसपछि बस्ने बैठकबाट आजै उपसभामुखको निर्वाचन गरिने सभाध्यक्ष गोविन्दबहादुर न्यौपानेले प्रदेशसभालाई जानकारी गराए ।