logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • किर्गिस्तानमा नगद विदेशी मुद्रा झिक्न नपाइने

    किर्गिस्तानमा नगद विदेशी मुद्रा झिक्न नपाइने

    1.3K
    Shares
    किर्गिस्तानमा नगद विदेशी मुद्रा झिक्न नपाइने

    एजेन्सी । किर्गिस्तानले अर्को व्यवस्था नभएसम्मका लागि विदेशी मुद्रा झिक्न नपाउने नियम लागू गरेको छ । मन्त्रिपरिषद्ले यससम्बन्धमा निर्णय नगरेसम्म ब्याङ्कबाट विदेशी मुद्रा निकाल्न नपाइने किर्गिज सरकारले एक सूचना जारी गरेर जनाएको हो ।

    मन्त्रिपरिषद्का अध्यक्ष अकिल्बेक झापारोभले जारी गरेको सूचनामा देशको आर्थिक सुरक्षा सुनिश्चित गर्न तथा आन्तरिक मुद्रा बजारलाई स्थायित्व प्रदान गर्दै राष्ट्रिय हितको रक्षाका खातिर अमेरिकी डलर निकाल्ने सीमा लागू गरिएको जनाइएको छ ।

    नयाँ व्यवस्थाअनुसार गैरआवासीय र विदेशी नागरिकलाई पाँच हजार अमेरिकी डलरभन्दा बढी नगद निकाल्न निषेध गरिएको छ । किर्गिस्तानका बासिन्दा र नागरिकका लागि दश हजार डलर झिक्न पाउने व्यवस्था गरिएको र त्यो सीमा बढेमा १० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ ।मन्त्रिपरिषद्ले अर्थ मन्त्रालय, भन्सार सेवालगायत सम्बद्ध सबै निकायलाई अमेरिकी डलर नगदमा निकाल्नबाट रोक्न आवश्यक कदम चाल्न निर्देशन पनि दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend