logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सेयर बजारमा नेप्से परिसूचकमा ९ अंकको गिरावट

    सेयर बजारमा नेप्से परिसूचकमा ९ अंकको गिरावट

    1.7K
    Shares
    सेयर बजारमा नेप्से परिसूचकमा ९ अंकको गिरावट

    काठमाडौं । सेयर बजारमा बुधबार गिरावट आएको छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा रोकिएको छ ।

    साथै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।

    आज रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोडभन्दा बढीको सेयर बिक्री भएको नेप्सेले जनाएको छ । दोश्रो स्थानमा अपि पावर कम्पनीको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

    पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास र ग्रीन भेन्चर्समा करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend