logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङदेन

    देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङदेन

    1.5K
    Shares
    देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्रः मन्त्री लिङदेन

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।

    बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताए । उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताए ।

    उनले भने, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भुमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ , उहाँलाई निर्वाचन गरियोस् । र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु ।’

    मन्त्री लिङदेनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend