logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

    वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

    1.4K
    Shares
    वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

    काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताएका हुन् ।

    उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए । उनले बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्बिरमा बदल्न प्रयास गर्ने बताए । मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे । उनले सीप बिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए ।

    उनले विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हौ त्यसमा सीप हासिल गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगार व्यवसायीहरुले विधिसंगत रुपमा व्यवसाय चलाउन आग्रह गरे। उनले विधिसंगत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्ने बताए ।

    उनले भने,‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएपनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक छ । सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्दै वाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्बिरमा बदल्न प्रयास गर्ने विषयमा मेरो कार्यकाल समर्पित हुने विश्वास दिलाउँछृु । वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृतिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको छ । हाल अदक्ष र अर्धदक्ष वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन आवश्यक देखिएको छ । मैले शुन्य अनस्किल जनशक्ति भनेको थिए । विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हौ त्यसमा सीप हासिल गर्नुपर्छ । वैदेशिक रोजगार व्यवसायीहरुले विधिसंगत रुपमा व्यवसाय चलाउन आग्रह गर्दछु । विधिसंगत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्नेछ ।’

    त्यस्तै श्रमसचिव एकनारायण अर्यालले नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले नेपालको वैदेशिक रोजगारी खाडी मुलुकमा मात्रै केन्द्रित भएको बताए । उनले वैदेशिक रोजगार ऐन २०६४ को कारणले श्रमिकहरुले दुःख भोग्नुपर्ने अवस्था रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend