logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • नेपाली पर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा

    नेपाली पर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा

    1.5K
    Shares
    नेपाली पर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पर्वले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् ।

    तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे ।

    सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उनले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend