logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन, मत दिएर गल्ती गरियो : शेखर कोइराला

    प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन, मत दिएर गल्ती गरियो : शेखर कोइराला

    1.9K
    Shares
    प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन, मत दिएर गल्ती गरियो : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनले बताए ।

    संस्थापनइतर पक्षकाको जारी बैठकमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

    ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ’, उनले थपे, ‘कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

    कोइरालापक्षको बैठक बत्तीसपुतलीमा जारी छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend