logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सकरारले राम्रोसँग एसएमइ क्षेत्रको विकास गर्न आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    सकरारले राम्रोसँग एसएमइ क्षेत्रको विकास गर्न आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    1.5K
    Shares
    सकरारले राम्रोसँग एसएमइ क्षेत्रको विकास गर्न आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

    काठमाडाै‌ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् ।

    सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमइ क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गरे । उनले निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेको बताए । उनले वर्तमान सरकार आएपछि बजारमा सकारात्मक रुपमा तरलताको समस्या समाधान हुँदै गइरहेको बताए ।

    उनले भने, ‘एसएमइ जहाँ धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि यसको विकास राम्रोसँग हुन सकेको छैन । एसएमइको विकासले एलडिसी ग्रेजुएशनमा सहयोग गर्नेछ । निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने र हाम्रो तर्फबाट जिम्मेवारी निभाउन नसके समयमा कार्यान्वयन हुन सक्दैन । वर्तमान सरकार आएपछि बजारमा सकारात्मक हिसावमा काम भएको छ । तरलता र इन्ट्रेस्ट घटनेकुराहरु भनौँ सरकारको तर्फबाट गर्ने नीतिगत व्यवस्थाको कारणबाट बजारमा सकारात्मक रुपमा काम भइरहेको छ । मन्त्रीज्युले निजी क्षेत्रलाई हेर्ने र सुधार गर्ने कामहरुलाई ध्यान दिनुहुनेछ । सरोकारवालाहरुको व्यवहारिक रुपमा नीति निर्माण गर्ने कुरामा हामी विश्वस्त छौँ ।’

    वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend