logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार कति ?

    बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार कति ?

    1.7K
    Shares
    बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार कति ?

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक १०.३७ अंकले बढ्दै २१८३.६२ अंकमा उक्लिएको हो ।

    यस्तै दाहोरो अंकले नेप्से बढेको यस दिन कारोबार समेत ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको भएको छ ।

    आज नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी १० करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    आज बैंकिङ फाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइभ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।

    ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने आज आरबीबी म्युचुअल फण्डको मूल्यमा ५.७० प्रतिशतको गिरावट आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend