logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चैत २ देखि छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    चैत २ देखि छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    2.1K
    Shares
    चैत २ देखि छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

    काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो ।

    कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म छैटौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने जानकारी दिए ।

    उनले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको बताउँदै विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ विधामा १४ पुरस्कार वितरण गरिने जानकारी दिए ।

    उनले यस पटकबाट निफका प्रतिष्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौता अनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।

    महोत्सवममा चलचित्र क्षेत्रका ख्यातीप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारहरुको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend