logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको सरकारले छानबिन गर्ने

    आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको सरकारले छानबिन गर्ने

    1.3K
    Shares
    आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको सरकारले छानबिन गर्ने

    काठमाडौं । सरकारले मंगलवार संघीय संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुको छानबिन गर्ने निर्णय गरेको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयले नै तदारुकताका साथ लाग्ने निर्णय भएको जानकारी दिए ।

    उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्ष अनुसार आवश्यक कदम चाल्ने जानकारी दिए । उनले आज नै छानबिन सम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने र मृतकले भनेका विषयहरुको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको जानकारी दिए ।

    उनले भने, ‘आत्मदाह गर्नुभएका प्रेमजीको विषयलाई लिएर हामीले उहाँले गम्भीर विषयहरु उठान गर्नुभएको छ । लेख्नुभएको थियो, अन्यायमा परेको विषय उठान गर्नुभएको थियो, त्यसलाई छानबिनमा ल्याउने र गृह मन्त्रालयले नै तदारुकताका साथ अघि बढाएर छानबिन गरी सत्यतथ्य बाहिर आएपछि तदनुसार सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ। आज नै छानबिन सम्बन्धी कार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउनेछौँ । उहाँले भन्नुभएको विषयहरु छानबिनका क्रममा निस्किएपश्चात् त्यसपछि आवश्यक कारबाही गर्ने निर्णय भएको छ । छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ ।’ गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend