logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आत्मदाह गरेका प्रेमप्रसादले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि प्रदर्शन

    आत्मदाह गरेका प्रेमप्रसादले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि प्रदर्शन

    1.7K
    Shares
    आत्मदाह गरेका प्रेमप्रसादले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि प्रदर्शन

    काठमाडौं । मंगलवार संघीय संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि शान्तिपूर्ण बिरोध प्रदर्शन भएको छ । माईतीघर मण्डलामा आज (बिहीवार) पनि मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण बिरोध गरेका हुन् ।

    उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको बिरोध जनाएका छन् । प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरुले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पु¥यायो ? भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप लगाए ।

    आत्मदाह गरेका आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ । उनीहरुले मृतक आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । आन्दालनकारीहरुले संघ र प्रदेशमा गरी ८ जना भन्दा धेरै मन्त्री एउटै पदमा रहँदासमेत जनताका समस्या समाधान गर्न नसके मन्त्री भएर बस्नुको कुनै औचित्य नरहेको र संघीयताको लाभ जनताले लिन नसकेको बताए ।

    उनीहरुले जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर सरकार गम्भीर बन्न नसकेको भन्दै गाउँमा ट्याक्टर चलाएर खाने किसानहरुलाई झनै समस्या पैदा गरेको बताए । उनीहरुले सरकारले हचुवाको भरमा निर्णय गरेर घटनालाई ख्यालख्यालमा लिइ घटना लुकाउने प्रयास गरिरहेको आरोप लगाए । सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी दिँदै प्रदर्शनकारीहरुले सरकारले शान्तिपूर्ण आग्रह नसुने आगामी आन्दोलनका कार्यक्रमहरु फरक हुने चेतावनी दिए ।

    उनीहरुले मृतक आचार्यले उठाएका मागहरु जायज रहेको र सरकारले औपचारिकता पूरा गर्ने नभइ मृतकले उठाएका मागहरुको उचित सम्बोधन हुनुपर्ने बताए ।प्रदर्शनकारीहरुले (उद्यमशील नेपाल, नारा मात्र हो सरकार ?) (गरिखाने की मरिजाने ?) (भिसा देउ सरकार, खाडी जान्छु), (दलालहरु होशियार), (देशमै गरिखाने वातावरण बनाइदेउ सरकार) लगायतका नारा लगाएर सरकारको बिरोध गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend