logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • अशोक शेरचन प्रभु बैंकको सिइओमा पुनः नियुक्त, प्रभुलाई प्रतिस्पर्धी र सबल बैंक बनाउन सफल

    अशोक शेरचन प्रभु बैंकको सिइओमा पुनः नियुक्त, प्रभुलाई प्रतिस्पर्धी र सबल बैंक बनाउन सफल

    1.8K
    Shares
    अशोक शेरचन प्रभु बैंकको सिइओमा पुनः नियुक्त, प्रभुलाई प्रतिस्पर्धी र सबल बैंक बनाउन सफल

    काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा अशोक शेरचन दोहोरिएका छन् । उनी सिइओमा पुनः नियुक्त भएका हुन् ।

    बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो । शेरचन २०७५ माघ १८ गते बैंकको सिइओ नियु्क्त भएका थिए ।

    अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो । उनको अब्बल व्यवस्थापकीय नेतृत्वमा बिग्रिएका बैंकहरुलाई लिएर प्रभु बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।

    उनी प्रभु बैंकको सिइओ बन्दा खराव कर्जा अधिक रहेको समस्याग्रस्त किस्ट र ग्रान्ड बैंकलाई समाहित गरेपछि प्रभुको खराव कर्जा अधिक थियो । उनको कार्यकालमा खराब कर्जाको असुलीमा उल्लेख्य प्रगति भएको थियो ।

    सबल र सक्षम संस्थाको रुपमा चिनिएको किष्ट बैंक र ग्रान्ड बैंक संकटग्रस्त भएपछि यसको जिम्मेबारी सम्हाल्न पुगेको थियो प्रभु समूह ।

    सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend