logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बङ्गलादेशमा ५ सय ३२ विद्यार्थीद्वारा आत्महत्या

    बङ्गलादेशमा ५ सय ३२ विद्यार्थीद्वारा आत्महत्या

    1.7K
    Shares
    बङ्गलादेशमा ५ सय ३२ विद्यार्थीद्वारा आत्महत्या

    ढाका । बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो ।

    एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आँचोल प्रतिष्ठानका प्रमुख फर्जाना अख्तर लाम्बानीले तीन सय ४० जना विद्यालयका छात्रछात्राले आत्महत्या गरेका बताए ।

    त्यसैगरी एक सय ६ जना कलेजका विद्यार्थी र ५४ जना इस्लामिक विद्यालयका छात्रछात्राले आत्महत्या गरेका थिए । विभिन्न विश्वविद्यालयका ८६ जनाले पनि गत वर्ष आफ्नो प्राण आफैँ लिएका थिए । विगत केही वर्षयता देशमा आत्महत्याको दर बढेकामा उहाँले चिन्ता व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend