logo

२०८१ माघ ३ बिहिबार

logo
  • बिहिबार, ३ माघ २०८१
  • सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

    सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

    1.1K
    Shares
    सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा कुनै प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली काँग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताए । उनले नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो काँग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए । उनले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाउनु भयो । संसदमा कुनैपनि प्रतिपक्ष नरहेको जिकरि गर्दै संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए । उनले पार्टीहरु सत्ता र पदको लागि अवसरको खोज्ने काममा नै लागिपरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भुमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरु केन्द्रित भएको पुष्टि गरेको बताए । उनले राजनीतिक पार्टीहरु एजेण्डा र विचार बिहीन भइसकेको बताउँदै पार्टीहरुलाई दासहरुको कुम्भ भेलाको संज्ञा दिए ।

    उनले भने, ‘संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको छ । संविधानको विद्यार्थीले संविधान पढ्ने हो भने उसलाई कुनैपनि पावर छैन भन्छ तर बाहिरको कुरा हेर्ने हो भने सिंहदरबारबाट पावर सिस्टम नै शितलनिवासतिर सिफ्ट भयो । राष्ट्रपतिले दुई दुई पटक सरकारबाट गएको विधेयक पनि पास गर्नुभएन । संविधान नै गोजीमा राखेर हिँड्नुभएको जस्तो भयो । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन, तर उहाँ नै जनताबाट सबैभन्दा धेरै मतले जितेर आउनुभयो । अर्को कुरा संसद भाइब्रेण्ट हुनुपर्छ तर हामीले संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइदियौँ । किनभने कोही पनि संसदमा प्रतिपक्ष छैन, सारा सत्ता पक्ष , झनै हाइज्याकमा परेको छ । यो संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार हो । नर्थ कोरियको जनकंग्रेस जस्तो बनायौँ । अपोजिसनको संवैधानिक भुमिका छन् भन्नेकुरा पनि हेक्का राखिएन । सत्ता पक्षलाई भोट हाल्ने प्रतिपक्ष हुँ भन्ने कन्स्टियुसन मोडालिटी भएन ।

    हतारमा सभामुखसँग मिलेमतो गरेर एउटा राजनीतिक पार्टीको समर्थनमा यो सरकार बनेको त्यसको चाहनामा नेपाली काँग्रेसलाई अपोजिशनको दर्जा दिन लगाइएको छ, सभामुखको प्रयोग गरेर, त्यो एमाले पार्टीको चाहनामा भएको छ । सभामुखको कार्यालय पनि हाइज्याक भएको छ, किनभने चाँडो भन्दा चाँडो नेपाली काँग्रेसलाई अपोजिशनमा धकेल भनिएको छ । त्यो भयो भने एमालेकै चाहनामा सरकार हुने भयो । पार्टीहरुसँग नेशन्स बिल्डिङर ट्रान्सफरमेसनको कुनै एजेण्डा छैन । पार्टीहरुमा मात्र मौका कुरिरहने कुरा प्राथमिकतामा छ । सत्ताको लागि र अवसरको लागि कुनैपनि ठाउँमा उभिने कुरा छ । राजनीतिक पार्टीहरु एजेण्डा विचार बिहीन भइसके । पार्टीहरु भनेको दासहरुको कुम्भ भेला जस्तो भयो । कुनै पनि डिबेट नै छैन ।’

    वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भनेपनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शितलनिवास पुगेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend