काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सोमबार पनि बस्दैछ । माघ १२ देखि सुरु भएको केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्न लागेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ ।
यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी छ ।