logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सांसद जितेन्द्रनारायण देव भन्छन्- नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परे

    सांसद जितेन्द्रनारायण देव भन्छन्- नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परे

    1.2K
    Shares
    सांसद जितेन्द्रनारायण देव भन्छन्- नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परे

    काठमाडौं । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् ।
    राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताए । विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको उनको भनाई थियो ।

    विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताउँदै उनले भने उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताए । उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

    समितिको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गंगाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend