logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फरक क्षमता र अशक्त व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज : श्रममन्त्री अर्याल

    फरक क्षमता र अशक्त व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज : श्रममन्त्री अर्याल

    2.3K
    Shares
    फरक क्षमता र अशक्त व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज : श्रममन्त्री अर्याल

    काठमाडौं । श्रम मन्त्रालयले अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको छ । मंगलवार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको सिफारिसमा गृह मन्त्रालयसँगको सहकार्यमा अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताए ।

    उनले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिको लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गरे । मन्त्री अर्यालले सोमवारदेखि लागू हुनेगरी कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीलाई निर्वाधरुपमा सिंहदरबार छिर्न पाउने व्यवस्था गरिएको बताए । उनले अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई बोकेर सिंहदरबार छिर्ने सार्वजनिक सवारी अब सिंहदबारमा नरोकिने जानकारी दिए । उनले आफ्नो छुट्टै सावरी साधन नभएका अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार छिर्न वञ्चित हुन नपर्ने बताए । मन्त्री आर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर राखिएको छुट्टै डेस्क हटाएको बताए । उनले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायिक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेहरूको लाइन एउटै हुने बताए । मन्त्री अर्यालले सोमवारदेखि नै लागू हुनेगरी वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको बताए । उनले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी राखिएको डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीहरुको आत्मबलमा ठेस पुगेको बताए ।

    उनले भने,‘सिंहदरबार आफैँमा देशको नीति नियम र कानून बनाउने र प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रालय रहेका छन् । केही फरक क्षमता भएका तथा अशक्त व्यक्तिहरू सिंहदरबारको गेटबाट भित्रसम्म हिँड्न सक्नुहुन्न । उहाँहरुसँग रातो र सेता नम्बर प्लेटका सवारीहरु नहुन सक्छ । उनीहरु भाडाका सवारीहरु चढेर सेवा लिन आउनुपर्ने हुन्छ । उनीहरुले सिंहदरबारबाट सेवा लिन पाउने नैसर्गिक अधिकार हो जस्तो लाग्छ । तर, सिंहदरबार गेटबाट सार्वजनिक सवारी भित्र छिर्न नपाउने व्यवस्था थियो । यो व्यवस्थालाई हटाउँदै गृह मन्त्रालयसँगको समन्वयमा अशक्त र फरक क्षमता भएका व्यक्तिहरूलाई बोकेर सार्वजनिक सवारी सोमवारदेखि लागू हुनेगरी सिंहदरबार भित्रै छिर्ने व्यवस्था गरिएको छ । यो श्रम मन्त्रालयको पहलमा गृह मन्त्रालयको सहमतिमा गृह मन्त्रालयले निर्णय गरेको छ । काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । विमानस्थलमा वैदेशिक रोजगारीमा जानको लागि भनेर छुट्टै डेस्क राखिएको थियो । त्यहीबाट लाइन लागेर धेरै नेपाली श्रमिकहरु विदेश जाने गरेका थिए । जबकि, विद्यार्थी भिसा, पर्यटन भिसा र व्यवसायिक भिसामा जानेहरुका लागि छुट्टै डेक्स थिएन । वैदेशिक रोजगारीमा जाँदै गर्दा विमानस्थलमा राखिने लामो लाइनमा बस्दै गर्दा विदेश गएर रोजगारी गर्नेहरुको लाइन भनेर अन्य यात्रुले कानेखुसी गर्ने गर्थे । जसले वैदेशिक रोजगारीमा जानेहरुलाई हतोत्साहित हुन्थ्यो । सोही कारण, हिजोदेखि लागू हुने गरेर उक्त डेस्क हटेको छ ।’

    मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरेको बताए । उनले श्रमिकका गुनासो र समस्या सुन्नको लागि ६ महिनाभित्र श्रमाधान मोवालइल एप र श्रम सम्बन्धि सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने बताए ।

    श्रम सम्बन्धि आएका गुनासोहरु ६ महिना भित्र समाधान गर्ने गरी मन्त्रालय कार्ययोजना बनाएको बताए । उनले ६ महिनामा पनि समस्या समाधान नभए कारणसहित कर्मचारीहरुसँग जानकारी लिने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend