काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियंका कार्की मनोनित भएकी छन् । फेस्टिभल आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै कार्कीसहित माया एकेडेमीका इन्द्रलाल बलामी जुरीमा चुनिएको जानकारी गराएको हो ।
आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म काठमाडौंमा निफ आयोजना हुँदैछ । कुल पाँच जना जुरीमध्ये बाँकी तीन चाहिं विदेशी फिल्ममेकर हुने फेस्टिभल अध्यक्ष केपी पाठकले जानकारी दिए ।
प्रियंका फिचरतर्फको जुरी सदस्य र बलामी वृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् ।
अभिनेत्री कार्की बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुन् ।