२०८१ मंसिर ८ शनिबार
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ ।
त्यस विषयमा निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।