काठमाडौँ । एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी छ । जारी सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् ।
एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन् ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ ।