काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन् । शनिबार बिहान सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएर बाहिरिएका नेपालले संवाददासँग यस्तो बताएका हुन् ।
उनले विपक्षी सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने जानकारी दिए।
‘सबै विपक्षीदलसँग कुरा बुझ्ने र साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं’, उनले भने ।