logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको नेता पौडेलको टिप्पणी

    संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको नेता पौडेलको टिप्पणी

    1.8K
    Shares
    संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको नेता पौडेलको टिप्पणी

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भईरहेको बताएका हुन् ।

    नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाए ।

    सांसद पौडेलले भने, ‘मलाई यो संसद होकि चुनावी सभा हो ? छटयाउन गाह्रो भईरहेको छ । कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन । सबैको नजर केन्द्रित भएर संसदमा झुटो बोल्नु हुँदैन । यसलाई खण्डन गरिनेछ । यसले मेरो व्यक्तित्वमा आँच आउनेछ ।’

    नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend