logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रदीप पौडेलको कटाक्ष- संघीय संसद् ‘संसद्’ हो कि ‘चुनावी सभा’ छुट्याउनै गाह्रो भाे

    प्रदीप पौडेलको कटाक्ष- संघीय संसद् ‘संसद्’ हो कि ‘चुनावी सभा’ छुट्याउनै गाह्रो भाे

    1.4K
    Shares
    प्रदीप पौडेलको कटाक्ष- संघीय संसद् ‘संसद्’ हो कि ‘चुनावी सभा’ छुट्याउनै गाह्रो भाे

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले आफूलाई संघीय संसद् ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उनले त्यो ठाउँ ‘संसद’ हो कि ‘चुनावी सभा’ छुट्याउनै गाह्रो भईरहेको बताएका हुन् । नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको उल्लेख गरे । उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन सक्ने कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाए ।

    नेता पौडेलले भने, ‘म संसदमा पहिलो चोटी प्रवेश गरेको मान्छे । यो संसद होकि चुनावी सभा ? छुट्टयाउनै गाह्रो भईरहेको छ । सांसदहरु कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन । सबैको नजर केन्द्रित भएको संसदमा झुटो बोल्नु हुँदैन । यसलाई खण्डन गरिनेछ । यसले मेरो व्यक्तित्वमा आँच आउनेछ । क्षयीकरण हुनेछ भनेर कसैले महशुस गरेको देखिएन । एकले अर्कालाई गाली गर्ने, कुनै पनि मर्यादा कायम नगर्ने, म हुँदा ठिक हुन्छ । म नहुँदा सबै बर्बाद भयो भन्ने तर्क तथ्यमा आधारित होइन । दम्भ प्रस्तुत गर्ने जुन खालको प्रवृत्ति देखिएको छ । यही संस्कारको विकास भयो भने लोकतन्त्र माथि ठूलै खतरा उत्पन्न हुने स्थिति छ ।’

    सांसद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीको पनि आलोचना गर्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा छोटो समयमै सत्तालिप्सा देखियो । स्वार्थहरु टकराएको देखियो । फेरी पुरानै शैलीलाई अपनाउन खोजेको देखियो ।’ नेता पौडेलले मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दावी गर्दै त्यसको अन्त्य गर्न आफू लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend