धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन ।
बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ ।