logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

    साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

    1.6K
    Shares
    साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १२.४३ अंक बढेर बन्द भएको छ । आज नेप्से बढेर २१८२.६१ विन्दुमा पुगेको छ भने दुई अर्ब ६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अन्तिम चरणमा पुगेकाले पनि लगानीकर्ताहरू सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले सम्भवतः शुक्रबार नै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

    सेयर बजारमा लगाइएको ४/१२ को क्यापमा संशोधन हुने हल्लाले गर्दा पनि बजारमा सकारात्मकता देखिएको हो । आज बाराही लघुवित्तको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर ६२७ रुपैयाँ कायम भएको छ ।

    यसदिन सर्वाधिक रुपैयाँको सेयर खरिद–बिक्री अपि पावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको पाँच करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । २५७ धितोपत्रको ५६ लाख ४८ हजार २१२ कित्ता खरिद–बिक्री भएको छ ।

    यसदिन म्युचुअल फन्ड समूहको बाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । म्युचुलअ फण्ड समूहको परिसूचक ०.१६ अंकले घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend