logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

    लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

    1.5K
    Shares
    लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

    रुपन्देही । लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पुष्टि गरे ।

    यसबारेमा थप छलफल भइरहेको उनले बताए ।

    स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend