logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • हिमाली जिल्लाहरुमा तुरुन्तै किताव उपलब्ध गराउन शाहीको माग

    हिमाली जिल्लाहरुमा तुरुन्तै किताव उपलब्ध गराउन शाहीको माग

    1.5K
    Shares
    हिमाली जिल्लाहरुमा तुरुन्तै किताव उपलब्ध गराउन शाहीको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरुमा फागुन १ गतेदेखि शैक्षिक सत्र शुरु हुने भएकाले तुरुन्तै किताव उपलब्ध गराउन माग गरे । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने – ‘हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिकसत्र शुरु हुन्छ । तर अहिलेसम्म किताव पु¥याइएको छैन । सूचना अनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र शुरु हुने भनेको छ । हिमाली जिल्ला सबै ठाउँमा यही फागुन १ गतेबाट शैक्षिक सत्र शुरु हुँदैछ । बाँकी दुई महिना त्यहाका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन सभामुख महोदय । सरकारले मतपत्र छाप्न सक्छ त किताव छाप्न किन सक्दैन ? छिटोभन्दा छिटो किताव उपलब्ध गराइयोस् ।’

    उनले मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन भन्ने प्रश्न समेत गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend