logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राले गरे भेटवार्ता

    राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राले गरे भेटवार्ता

    1.3K
    Shares
    राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राले गरे भेटवार्ता

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ ।

    सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राखेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

    सो अवसरमा राष्ट्रपति भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्दै आफ्ना भारतीय समकक्षी र भारतीय उच्च नेतृत्वप्रति शुभकामना र शुभेच्छा प्रकट गरेकी थिइन् । विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन् ।

    यस अघि उनले आजै परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै उनी आजै सचिवस्तरीय बैठकमा सहभागी समेत भएका थिए। विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।

    दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend