logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र

    अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र

    1.3K
    Shares
    अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र

    काठमाडौं । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् ।

    एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख समान्था पावरले भ्रमणमा आएका थिए ।

    अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने कार्यक्रम छ । दुईदिने औपचारिक भ्रमण क्रममा उनले नेपाली सेना र सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन् ।

    ‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्य, लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धि अगाडि बढाउने विषयमा छलफल गर्नुहुनेछ,’ दूतावासले भनेको छ ।

    अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदै छ । यससँगै एक महिना अवधिमा लगातार चार भ्रमण हुनेछन् । अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन् । यो समाचार राजधानी दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend