काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते शनिबार बस्ने भएको छ ।
विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने छ ।