काठमाडौँ । पछिल्लो समयको चर्चित टेलि श्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’ की कलाकार आशा खड्काले विवाह गरेकी छन् । खड्काले आफ्नै टेलि श्रृंखलाका कलाकार सागर गौतमसँग विवाह गरेकी हुन् ।
उनले गौतमसँग विवाह गरेको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् ।
उनले भनेकी छन्, ‘आजको दिनसम्म मलाई एउटा कलाकारको रूपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरूलाई हजुरहरूले नै चाहनु भएको मान्छेसँग मैले जीवनको नयाँ अध्याय सुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु । मलाई विश्वास छ । मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ । मलाई र मेरो श्रीमान्लाई धेरै आशीर्वाद दिनुहोला ।’