काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४० पैसा र बिक्री दर १४२ रुपैयाँ ०४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ २१ पैसा र बिक्री दर १५९ रुपैयाँ ९३ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।