काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरको सुनको मूल्य निर्धारण गर्दै ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुुग्दा तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा १२ सय ७५ रुपैयाँ कायम भएको छ ।