logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले गरिन् पशुपतिमा पूजाअर्चना

    महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले गरिन् पशुपतिमा पूजाअर्चना

    1.7K
    Shares
    महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले गरिन् पशुपतिमा पूजाअर्चना

    काठमाडौँ । महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छिन् । पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरिन् ।

    राष्ट्रपति भण्डारीलाई पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले स्वागत गरेका थिए ।

    महाशिवरात्रिको अवसरमा राष्ट्रप्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि लाखौँको संख्यामा भक्तजन लामबद्ध छन् ।

    महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो ।

    महाशिवरात्रिको अवसरमा गोबर्द्धन मठका शंकर आचार्य निश्चलानन्द सरस्वतीसहित पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend