logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आईसीसी विश्वकप लिग २ : स्कटल्यान्डले नामिबियालाई हरायो

    आईसीसी विश्वकप लिग २ : स्कटल्यान्डले नामिबियालाई हरायो

    1.3K
    Shares
    आईसीसी विश्वकप लिग २ : स्कटल्यान्डले नामिबियालाई हरायो

    काठमाडौँ । स्कटल्यान्डले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी क्रिकोणात्मक सिरिजमा नामिबियालाई हराएको हो । सोमबार भएको खेलमा स्टकल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो ।

    नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ग्रेहार्ड इरास्मसले ४३ रन बनाउँदा जेन ग्रिनले २५ रनको योगदान गरे ।

    नामिबियाका रुबेन ट्रम्पलम्यान र शन फुचेले समान १०/१० रन बनाए स्कटल्याण्डका लागि मार्क वाटले चार विकेट लिए । त्यस्तै माईकल लिस्कले तीन विकेट लिँदा ब्राण्डन म्याकमुलानले दुई विकेटको योगदान गरे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend