काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लगातार चार खेलमा तीन विकेट हात पारेका छन् । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा लामिछानेले लगातार चार खेलमा तीन विकेट हात पारेका हुन् ।
त्रिवि क्रिकेट मैदानमा जारी सिरिजको अन्तिम खेलमा सन्दीपले स्कटल्यान्डविरुद्ध तीन विकेट लिएका छन् । यसअघि उनले स्कटल्यन्डविरुद्ध एक पटक तथा नामिबियाविरुद्ध दुई पटक तीन–तीन विकेट लिएका थिए ।