logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग लोसपाको प्रस्ताव

    महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग लोसपाको प्रस्ताव

    2K
    Shares
    महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसँग लोसपाको प्रस्ताव

    काठमाडौं । राष्ट्रपति पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटमा लोसपा अध्यक्ष ठाकुरसहितको टोलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने र सो पदमा ठाकुर उपयुक्त व्यक्ति भएको प्रस्ताव गरेको हो।

    लोसपा नेता शरदसिंह भण्डारीले भने, “राष्ट्रपति पदमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने प्रधानमन्त्रीजीको कुरामा अध्यक्ष महन्थ ठाकुर पनि उपयुक्त पात्र र उपयुक्त व्यक्तित्व हुनुहुन्छ भनेर प्रधानमन्त्रीलाई भनेका छौँ।”

    अध्यक्ष ठाकुरको नाम प्रस्ताव गरिएको बताउँदै उनले भने, “उहाँको नाममा सहमतिका लागि प्रयासका निमित्त प्रधानमन्त्रीजीलाई आग्रह गरेका छौँ।”

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend